Risaune Bhaye

Sushant KC

सानो-सानो कुरामा पनि तिमी रिसाउने भए (रिसाउने भए)
लामो-लामो झगडा गरी दिन बिताउने भए (बिताउने भए)
सानो-सानो कुरामा पनि तिमी रिसाउने भए (रिसाउने भए)लामो-लामो झगडा गरी दिन बिताउने भए (बिताउने भए)

फकाउन सिकाऊ न तिमी सँगैसँगै
बिताउने छ चाहना समय धेरैधेरै
चलिरहेको के छ तिम्रो मनभित्र, खै?
चलिरहेको के छ तिम्रो मनभित्र, खै?

कहिल्यै नबुझ्न सकिने कस्तो यो तिम्रो मन? (कस्तो, कस्तो?)
खुशी खालि, दुःख नदिने कोही कहाँ भेटिन्छ, खै हेरौँ (खै हेरौँ)

गाह्रो-गाह्रो भाको छ, राती-राती निदाउन भने (निदाउन भने)
आऊ मेरो पाखुरा सिरानी बनाउँछौ भने

बनाऊ न, डराउन पर्दै पर्दैन नि
कटाउने नि पलहरू तिमी सँगैसँगै
चलिरहेको के छ तिम्रो मनभित्र, खै?
चलिरहेको के छ तिम्रो मनभित्र, खै?

कहिल्यै नबुझ्न सकिने कस्तो यो तिम्रो मन?
कहिल्यै नबुझ्न सकिने कस्तो यो तिम्रो मन?

बल्लतल्ल फकाएर त मान्छौ धेरै पछि तिमी
माया हैन एकोहोरो बाटो, हराउँछौ कति, कति, कति?

सानो-सानो कुरामा पनि तिमी रिसाउने भए (रिसाउने भए)
लामो-लामो झगडा गरी दिन बिताउने भए (बिताउने भए...)