Behos

Sushant KC

बेहोस भएँ म, बिउँझाउ है तिमी मलाई
मन खोज्छ बाटो, तिमीसँग हुनलाई
आँखै नहटने कस्तो मुहार?नाचौ-नाचौ लाग्छ तिमीलाई देखेर
साचै हो कि सपनाको संसारबाट
आयौ तिमी मलाई यहाँ सताउन

मनका सब कुरा खोली दिन्थिएँ म तर
झन टाढा जान्छौ कि भनि लाग्छ है डर
सोच्छु म जे तिमी पनि सोच्छौ भन न
छन् होला लाखौं विक्लप
तिमीलाई नै देख्छु म तर

ओ-ओ-ओ, ओ-ओ-ओ
ओ-ओ-ओ, ओ-ओ-ओ

जूनतारा तिम्रो अघि, के हो र? ए माया
मन सारै लोभी भो, तिम्रो आकृतिमा
हाँसी राख हेरी रहन्छु म
मुस्कि राख सुनाइ रहन्छु म
साचै हो कि सपनाको संसारबाट
आयौ तिमी मलाई यहाँ सताउन, ओ

मनका सब कुरा खोली दिन्थिएँ म तर
झन टाढा जान्छौ कि भनि लाग्छ है डर
सोच्छु म जे तिमी पनि सोच्छौ भन न
छन् होला लाखौं विक्लप
तिमीलाई नै देख्छु म तर

ओ-ओ-ओ, ओ-ओ-ओ
ओ-ओ-ओ

मुटु मेरो चोरेर
आधि बाटोमै छोडेर नजाउन, ओ
अदृश्य कुरा देखाउ म कसरी?
सक्दिन होला अब त म पनि लुकाउन

त्यसैले बेहोस भए म, बिउझाऊ है तिमी मलाई
मन खोज्छ बाटो, तिमीसँग हुनलाई