Lukaamaari

Sajjan Raj Vaidya

मायालु, खै, के भनूँ, लुकामारी खेल्छन् मेरा
बोली सबै लजाउँदै, ती आँखाले जिस्काउँदा
बयान म कति गरूँ? ओइलिएलान् शब्दहरू
यी होंठले ती होंठलाई रङ्गाएर भन्छु बरु

मायालु, तिमीलाई माया गर्छु
तिमीसँगै बाँची अब, तिमीसँगै मर्छु

माया, तिमी नै भन न कहाँबाट ल्याउनु अब
उपमा म नयाँ-नयाँ तिमीलाई बुझाउन

बयान म जति गरूँ, अपुग छन् लबजहरू
यी आँखाले ती आँखामा नियालेर भन्छु बरु

मायालु, तिमीलाई माया गर्छु
तिमीबिना बाँचिसकेँ, तिमीसँगै मर्छु

सुस्तरी, सुस्तरी बिलाइजाऊँ म पनि
मेरा बोलीसरि तिमीमै

सुस्तरी, सुस्तरी बिलाइजाऊँ म पनि
मेरा बोलीसरि तिमीमै
सुस्तरी, सुस्तरी बिलाइजाऊँ म पनि
मेरा बोलीसरि तिमीमै

बोली त बोली न हो, तर कहिलेकाहीँ
त्यही बोलीमै भनिदेऊ मलाई

मायालु, तिमीलाई माया गर्छु
तिमी भेट्नै बाँचिबसेँ, तिमीसँगै मर्छु