Ek Sarvanaam

Sajjan Raj Vaidya

मनका कुरा एकबाजि सुन न
एक सर्वनाम लिऔँ, तिमी र म
हामी बनी हामी अनिबिताउँला जिन्दगी सँगै सधैँभरि

माया छ त अरूको के पीर?
बोलाऊ मलाई, आउँछु तिम्रैतिर
तिम्रो नाउँ मनैमा बोकेर
हेर, हेर, हेर, हेर, हो

म त आउँछु, मायालु
तिमीलाई नै खोजेर
तिम्रो मनको ठेगाना
मेरो मनलाई सोधेर

ओ, ओ, ओ, ओ

भन त भन नलजाई, माया
ओठमा अडेका कुरा सबै
तिम्रो अधरले कोरेको कहानी
कुँदेर राखुँला मेरो मनमै

आँटी हेर, साटी हेर मन
यसैउसै, जसोतसो म त
तिम्रो नाउँ मनैमा बोकेर
हेर, हेर, हेर, हेर

म त आउँछु, मायालु
तिमीलाई नै खोजेर
तिम्रो मनको ठेगाना
मेरो मनलाई सोधेर

ओ, ओ, ओ, ओ

यस्तरी कि झुम्छ जिन्दगी मेरो
यस्तरी कि झुम्छ जिन्दगी मेरो

माया, नाच न, मलाई राख न तिम्रो अँगालोमा बाँधेर
दायाँ-बायाँ झुमौँ न, माया, एकैछिन ओठ साटेर
माया, नाच न, मलाई राख न तिम्रो अँगालोमा बाँधेर
दायाँ-बायाँ झुमौँ न, माया, एकैछिन ओठ साटेर