Thamana Haat

Samir Shrestha , Foeseal , Garage Music

थाम न हात यो तिमी मेरो
राख्ने छु तिमीलाई म अँगालोमा बेरी यो
खाऊ न कसम नछोडिने कहिलेजुनीभरीको लागि साथ दिन्छु म देखि अहिले

ब्यस्त हुन्छु आजभोलि तिम्रै कल्पनामा
अड्केको छ मन यो मेरो तिम्रो हाँसोमा
रोकिदिउँला यो समय एउटा तस्बिरमा
सहारा बन्ने छ यि यादहरू बुढेस कालमा

तर तिमी बहाना बनाई राछौ किन म बाट एक्कासि टाढिन?
थाहै होला तिमीलाई म छाड्दिन
यति छिटो हार म खाँदिन
अरु केही बहाना छ कि छैन तिम्रो?
लैजान्छु अब तिमीलाई संसार मेरो जहाँ हामी दुई मात्र हुने छौँ
अँगालोमा बेरी बसेको, ढलेको घाम हेरी हाँसेको
त्यसैले आउ समाउ यि हात मेरो

थाम न हात यो तिमी मेरो
राख्ने छु तिमीलाई म अँगालोमा बेरी यो
खाऊ न कसम नछोडिने कहिले
जुनीभरीको लागि साथ दिन्छु म देखि अहिले

थाम न हात यो तिमी मेरो
राख्ने छु तिमीलाई म अँगालोमा बेरी यो

Daftar lirik lagu Samir Shrestha